समाज

१७ वर्षीया किशोरी बाबुबाट बलात्कृत

Capture-1553856591.PNG

हेटौंडाकी १७ वर्षीया एक किशोरी बाबुबाट बलात्कृत भएकी छन् । हेटौंडा–७ का ४८ वर्षीय बाबुले छोरीलाई ७ वर्षदेखि जबर्जस्ती करणी गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार पीडितले सोमबार मुद्धा दर्ता गरेपश्चात् सोही दिन बाबुलाई पक्राउ गरिएको हो । पीडितको मेडिकल टेष्टका लागि हेटौंडा अस्पताल पठाइएको छ ।

स्थानीयका अनुसार उनी चैत १ गते शुक्रबार घरबाट विद्यालय पोशाकमा हिडेकी थिइन् । हेटौंडा बसपार्कमा आफ्नो किताब तथा पोशाक छाडेर उनी कोहलपुर फुपू दिदीको घर भागेर जान बस चढेकी थिइन् । उनलाई बसमा नै महिला सेलका प्रहरीले सोधपुछ गर्ने क्रममा घटना बाहिर आएको स्थानीयले बताए । आजको हेटौंडा सन्देशमा समाचार छ ।

करिब एक वर्षअघि बाबु वैदेशिक रोजगारका लागि गएका थिए । वैदेशिक रोजगारमा जानुअघि र फर्किएपश्चात् प्रहरीमा मुद्धा दर्ता नहुञ्जेलसम्म पनि उनी पीडित रहेकी स्थानीयले बताए । पीडितकी आमाले उनलाई छाडेर गएको बताइएको छ ।

उनलाई आमा नभएका कारणले घरमा कसैले माया नगर्ने र कति पटक त उनकै सानीआमाले बाबुलाई जबर्जस्ती करणी गर्न लगाउने गरेको कतिपय स्थानीयले आरोप लगाए । पीडितले स्थानीयलाई भनेअनुसार दुई पटक त उनले बाबुको गर्भसमेत बोकेकी थिइन् र सानीआमाले नै टाउको दुखेको औषधि भन्दै गर्भ खेरजाने औषधि दिएकी थिइन् ।

कयौं पटक उनले अरुलाई भन्दिन्छु भन्दा बाबुले धम्की दिने गरेको किशोरीले छिमेकी महिलालाई गुनासो पोखेकी थिइन् । प्रहरीले पीडकको नाम खुलाउन चाहेन । 

अघिल्लो महिनामा मात्र २ बलात्कारका घटना सार्वजनिक भएको थियो । 


सम्बन्धित समाचार