खेल

हिमालयन शेर्पा क्लबलाई  एपी एफले  पराजित गर्यो 

मकवानपुर जिल्ला फुटबल सघंको आयोजनामा सुरु भएको  “भूगर्भ सहिद स्मृति मकवानपुर गोल्डकप–२०७५”को  दोस्रो दिनको  खेल अन्तरगत हिमालयन शेर्पा क्लब र नेपाल आर्मी क्लब - एपीएफ बीच हेटौंडाको वनविज्ञान खेल मैदानमा बिहिबार  भएको खेलमा हिमालयन शेर्पा क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै एपीएफ विजयी भएर  क्वार्टरफाइनलमा प्रवेस गरेको छ  ।
निकै रोचकात्मक  भएको खेलमा खेलको ३९ औ मिनेटमा  एपीएफको १६ न. का   खेलाडी हरि कार्कीले गोल गर्न सफल भए।
पहिलो हाफमा कार्कीले गोल गरेर अग्रता कायम गरेका थिए भने  खेलको म्यान अफ दी म्याच समेत घोषित हुदै नगद दशहजार रुपियाँ सहित सम्मान भए
 खेलको अन्तिम सम्म पनि हिमालयन शेर्पा क्लबले आफुलाई बचाउन  गोल फर्काउन नसक्दा हार खेप्नु परेको हो ।
सेमिफाइनल प्रवेशका लागि एपीएफले विदेशी टोली दाफिन्सको सामाना गर्नेछ भने  प्रतियोगिता अन्तर्गत् शनिबार नेपाल पुलिस र च्यासल युथ क्लबीच खेल हुनेछ ।


सम्बन्धित समाचार