मनाेरञ्जन

व्यापार मेलामा उप्रेतीको चढ्यो जवानी साइलीको सेल्फी

DSC02304-1552419712.JPG

मकवानपुरद्वारा आयोजित हेटौंडा ५ क्याम्पाडडामा जारी राष्ट्रिय औद्योगिक व्यापार मेलामा आज लोक गायक मुक्तिनाथ उप्रेतीको लोक सांगेतिक प्रस्तुतिमा दर्शक रमाएका थिए।
एउटा मुक्तक प्रस्तुत गर्दै दर्शक हसाँएका थिए भने गाएक उप्रेतीको चढ्यो जवानी संगै दर्शक मच्चिएका थिए  
टिस्टुङ्ग पलुंग गाउँ ,गोरी है गोरी , सारै राम्री रुपकी धनि ,सिमभंज्याङ्गको चिसो बतास लगाएतका लोक गीतहरु सुनाएका थिए।
जारि मेलामा  नेपाली चलचित्र साइलीका निर्माण टोलि समेत   आइपुगेपछि  दर्शकको भिड लागेको थियो ।
चलचित्र युनिटले चैत्र १५ गते बाट प्रदशन हुने जानकारी गराउदै सबैलाई एकपटक  चलचित्र साइली हेर्न आग्रह गर्दै दर्शक संग सेल्फी खिच्न चौरमा पुगेका थिए।
जारि मेलामा क्रृतिम चिडियाघर, वाल उद्यान, घोडाचढी, ढुङ्गा सयर, हेटौंडा आइडल, र स्थानिय कलाकारको प्रस्तुती संगै मेला स्थल पुग्न र फर्कनको लागी निशुल्क सवारी विभिन्न डाक्टरहरु बाट निशुल्क स्वास्थ्य परिक्षण पनि गराउन पाइने व्यवस्था रहेको   आयोजकले बताएको छ।
मकवानपुर उद्योग वाणिज्य संघको मुख्य आयोजनामा भएको व्यापार मेलाको समापन कार्यक्रम समेत भएको र समापन कार्यक्रम भए पनि २९ सम्म मेला रहने आयोजकले जानकारी गराएको छ ।

DSC02313-1552419713.JPG
DSC02314-1552419713.JPG
DSC02342-1552419714.JPG
DSC02347-1552419714.JPG
DSC02350-1552419714.JPG
DSC02354-1552419715.JPG
DSC02358-1552419715.JPG

सम्बन्धित समाचार