समाज

विमानस्थलबाट अवैध विदेशी मुद्रासहित एकै परिवारका सदस्य पक्राउ  

money_OZtnAKVwcJ-1554536429.jpg


काठमाण्डौ /  प्रहरीले अवैध मुद्रा लगेर बैंककतर्फ जाँदै गरेका एकै परिवारका ५ जनालाई पक्राउ गरेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले शुक्रबार दिउँसो साढे एक बजे थाई एयरको फ्लाइट नम्बर टीजी ३२० बाट बैंकक जाँदै गरेको अवस्थामा एकै घरका पाँच जना सदस्यलाई पक्राउ गरेको हो ।  पक्राउ पर्नेमा काठमाण्डौ महानगरपालिका वडा नम्बर ८ का ४८ वर्षीय सुवास श्रेष्ठ, उनकी श्रीमती ४६ वर्षीया उमा देवी श्रेष्ठ र उनका दुई छोरी र एक छोरा रहेका छन् ।
शंकास्पद अवस्थामा गेट नम्बर पाँचमा उभीरहेको देखेपछि खोजतलास गर्ने क्रममा उनीहरुबाट अवैध विदेशी मुद्रा भेटिएको हो । उनीहरुबाट २२ हजार १ सय ५० थाई भाट, १ हजार ३ सय ८० युरो, १० हजार अमेरिकी डलर र ८० हजार चिनियाँ युआन पक्राउ गरेकोे छ ।
थप कारबाही तथा अनुसन्धानको लागि अहिले उनीहरुलाई राजश्व अनुसन्धान विभाग हरिहर भवन लगिएको छ । यति धेरै अवैध मुद्रा विदेश लैजान खोजेको प्रहरीको अनुसन्धानले पुष्टि गरेको छ । 
 


सम्बन्धित समाचार