राष्ट्रिय समाचार

राष्ट्रपति , उपराष्ट्रपति र  प्रधानमन्त्रीको  पनि  भाइ टिका सम्पन्न

bhaai-tikaaa-1541758401.jpg

काठमाडौं –  राष्ट्रपति विद्यादेवी भण्डारीले आज बिहान ११ बजेर ५५ मिनेटको शुभसाइतमा आफ्ना भाइ डेगेन्द्र पाण्डेलाई सप्तरङ्गी टीका लगाइदिनुभएको छ।राष्ट्रपति भवन शीतलनिवासमा भएको भाइटीकाको कार्यक्रममा राष्ट्रपतिले  भाइलाई सप्तरंगी टिका दुबो र , मखमली फुलको  माला लगाइ कटुस ओखर र मिठाइ खुवाएर भ्रातृवात्सल्य प्रस्तुत गर्नुभएको हो  ।

राष्ट्रपतिले शास्त्रोक्त विधिपूर्वक दीप, कलश, गणेशका साथै अष्टचिरञ्जीवी र यमयमुनाको पूजाअर्चना गर्नुभएको थियो भने  राष्ट्रपतिको भाइटीका कार्यक्रममा पत्रकार संचारकर्मी  हरुलाई प्रवेशमा रोक लगाइएको थियो ।

 यस्तै गरि उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले भाइटीका लगाउनु भएको छ । उहाँले शुक्रबार बिहान ११:५५ बजे उपराष्ट्रपतिको निवास कपुरधारामा भाइटीका लगाउनु भएको थियो ।

आफ्नो एकमात्र दिदी गृहजिल्ला रोल्पामा रहनु भएकोले उपराष्ट्रपतिले नजिकको  बहिनीहरुसँग भाइटीका लगाउनु भएको हो  ।  चन्द्रमाया पुन, शोभा पुन, विमला पुन र शशी लामाले  उपराष्ट्रपति लाइ  भाइटीका लगाई दिनुभयो भने प्रधानमन्त्री केपी शर्मा ओलीले पनि आफ्नी बहिनीहरु  विष्णुमाया ढकाल र कौशिलादेवी कोइरालाबाट आज बिहान ११ बजेर ५५ मिनेटको शुभसाइतको समयमा टीका लगाउनुभएको छ।

टीका लगाइदिएपछि बहिनीहरुले प्रधानमन्त्री ओलीलाई निधारमा  सप्तरंगी टिका मखमलीको माला लगाई दिदै  कटुस ओखर र मिठाई खुवाएर वात्सल्य प्रस्तुत गर्नुभएको थियो।साथै उहाँहरूले प्रधानमन्त्रीको  पत्नी राधिका शाक्यलाई पनि टीका लगाइदिनुभएको थियो । प्रधानमन्त्रीले  पनि बहिनीहरुलाई टीका लगाइदिएर आफ्नो त्रफा बाट मायाँ र दक्षिणा प्रदान गर्नुभएको थियो।

 

 


सम्बन्धित समाचार