समाज

राजनैतिक दल ,पत्रकार देखि सर्व साधारणले मनाए होलि  

मकवानपुरका  राजनीति दलका नेता कार्यकर्ता संचारकर्मी एवं पत्रकार देखि आम नागरीक सम्मले  महान चाड होलीलाइ मनाएका छन् ।
सम्पुर्ण संचारकर्मी एवं पत्रकारहरु आज बिहानै बाट भेला भै विभिन्न प्रकारका रंग लगाई होलिलाइ स्वगत गरेका थिए।
प्रदेश ३ को असथायी राजधानी हेटौंडाका सञ्चारमाध्यममा कार्यरत पत्रकारहरुले उपस्थितिमा रंग दलेर होली मनाइएको होलीमा होलीलाई सभ्य र भव्य रुपमा खेल्न सम्पूर्णमा आग्रह गरेको थियो।
उद्योग संघ मकवानपुर हेटौडा एफ एम रेडियो मकवानपुर नेपाली कांग्रेस पार्टी  कार्यालय लगाएत विभिन्न स्थानमा पुगेर होलि सामुहिक रुपमा मनाएका हुन्।
आज देशको पहाडी क्षेत्रमा रंगको पर्वको रुपमा चिनिने होली  आज पहाडी भेगमा खेलियो भने  भोली चैत ७ गते तराई क्षेत्रमा  खेलिँदैछ।
त्यस्तै गरी  प्रदेश प्रमुख प्रतिपक्ष दलका नेता इन्द्रबहादुर बानियाँ, तरुण दलका अध्यक्ष इश्वर पाठक  हेटौंडा उपमहानगर सभापति आनन्दराम पराजुली लगाएतले  सभ्यताका साथ  होलि मनाएका छन् ।
होलीलाइ विभिन्न राजनीतिकर्मी संचारकर्मी संघ सस्था लागाएतका सर्वासाधरानाले पनि फरक फरक तरिकाले मनाएका छन हेटौडाको  मेनरोडमा बाइक स्टोन गरेर मनोरंजन पनि गराएका थिए भने  स्कुल रोड बुद्दचोक संगम चोकमा नाचगान गरेर होलीलाई मनाएका छन 
संगम चोकमा मनोरंजत्माक कार्यक्रम गरेर होलि मनाइरहेका थिए।

                                                                                         होलि को तस्बिर हेर्नुहोस 


 


सम्बन्धित समाचार