मनाेरञ्जन

मेलामा दर्शक  विक र लामासंगै  नाचे  काउली बुढीको कुरामा  हासें 

मकवानपुर उद्द्योगा बाणिज्य संघ  मकवानपुरमा आयोजित  हेटौंडा ५ क्याम्पाडडामा जारी राष्ट्रिय औद्योगिक व्यापार मेलामा आज गायक कुलेन्द्र विक निशा लामा र  सन्ध्या बुढा अर्थात " काउली बुढीको बेजोड प्रस्तुतिमा दर्शक रमाएका थिए।
लोक गायिका निशा लामाले  मन पर्यो  मन पर्यो भन्दै गाउन सुरु गर्दै   दर्शक  छेउमा पुगेर सबैलाई नचाउन सुरु गरेपछि  सबै नाच्न  सुरु गरेका थिए ।
सन्ध्या बुढा अर्थात  काउली बुढी आफ्नो व्याँग्यात्माका प्रस्तुति संगै आउदा मन्चमा उधुम मच्चिएको थियो । आफ्नो  प्रस्तुत गर्दै सबै दर्शकलाई हसाँएकि थिइन्, भने उनले गीत समेत गएकी थिन।
गायक कुलेन्द्र विकले बाटो छेकेर,जिम्बालबा को छोरी, संगै  रुमाल हल्लाई हल्लाई,  चौरमा पुगे पछि  सालको पातमा  दर्शक र गाएकको दुरी नजिक भएको थियो भने  गाएक र  दर्शक  संगै   धुलो उड्ने गरी नाचेका थिए ।
गायक तथा संगीतकार चेतन सापको  प्रस्तुती  संगै  कुलेन्द्र विक र निशा लामाले दोहोरी समेत  प्रस्तुत गरेर दर्शकलाई नचाएका थिए।
मेलामा  कलाकारको प्रस्तुती संगै क्रृतिम चिडियाघर, वाल उद्यान,  घोडाचढी, ढुङ्गा सयर, हेटौंडा आइडल, र  मेला स्थल पुग्न र फर्कनको लागी निशुल्क सवारी विभिन्न डाक्टरहरु बाट निशुल्क स्वास्थ्य परिक्षण पनि गराउन पाइने आयोजकले बताएको छ भने मेला फागुन २९ गते सम्म रहने छ।  


सम्बन्धित समाचार