स्वास्थ्य

मृत्यु बीमालाई बहसको विषय बनाऊः स्वास्थ्य मन्त्री

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले मृत्यु बीमालाई बहसको रुपमा अघि बढाउनु पर्ने बताएका छन् । संसदमा स्वास्थ्य बीमा सम्बन्धी उठेको विषयमा जवाफ दिदै उनले मृत्यु बीमालाई बहसको रुपमा अघि बढाउनु पर्ने बताएका हुन् ।
मृत्यु बीमा नयाँ विषय भएको त्यस विषयलाई सकारात्मक रुपमा लिनु पर्ने बताएका छन् । संसदमा मृत्यु बीमाको विषय उठेको थियो । नयाँ विषय भएकोले मैले चाख लिएर सुने,ु उनले भने, रकम अभावमा मृतकको लास नउठेको मैले पनि देखेको छु । यसलाई बहसको रुपमा अघि बनाऊ।

मृत्यु बीमा सजिलो र अप्ठेरो पक्षको अध्ययन गरी अघि बढ्नु पर्ने उनको भनाइ छ ।

विश्वमा यसको अभ्यास छ कि छैन् त्यसको अध्ययन गरौं । छैन भने पनि हामीले नयाँ अभ्यासको प्रचलन गरौं, उनले भने ।

केहि दिन अघि संसदमा बजेट माथि छलफलको क्रममा नेकपा एमालेका सांसद शेरबहादुर तामाङले मृत्युको बीमा विषय उठाएका थिए ।

सांसद लामाङले बिरामी मृत्यु भएपनि अस्पतालको विल तिर्न नसकेर लास लान नसकेको अवस्था रहेको जनाउदै मृत्युको बीमा गर्ने कार्यक्रम ल्याउनु पर्ने माग गरेका थिए ।

 यस्तै उनले स्वास्थ्य बीमा ऐन विपरित स्वास्थ्य बीमा कार्यक्रम पनि लागु नहुने जानकारी गराए ।

‘अर्थमन्त्री शर्माले स्वास्थ्य बीमाबारे प्रष्ट पारिसक्नु भएको छ । स्वास्थ्य बीमा कार्यक्रम निजी क्षेत्रलाई दिने सरकारको नियत होइन भनिसक्नु भएको छ,’ उनले भने, ‘स्वास्थ्य बीमा ऐनको विपरित हुने गरी स्वास्थ्य बीमा कुनै कम्पनीलाई दिइने छैन् ।’

अर्थमन्त्री शर्माले संसदमा जवाफ दिइसके पनि बराम्बार संसदमा त्यस विषय उठिरहेकोले सांसदहरु जिद्धी वालक जस्तो भएको आरोप लगाए ।

स्वास्थ्य बीमा व्यापारिक वा नाफाको प्रयोजनका लागि नभएको हुनाले स्वास्थ्य बीमा कार्यक्रम स्वास्थ्य मन्त्रालय अन्तर्गन नै संञ्चालन हुने बताए । बजेटमा एउटा कम्पनी भन्ने शब्द परेको स्वास्थ्य बीमा सम्बन्धी विभिन्न जिज्ञासा उठेको भन्दै उनले त्यसलाई स्वाभाविक लिनु पर्ने पनि उनको भनाइ छ ।


सम्बन्धित समाचार