समाचार

मुग्लिन–आँबुखैरेनी सडकमा चार दिन ठूला सवारी नचल्ने

काठमाडौं । पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिन–आँबुखैरेनी सडक खण्डमा एकतर्फी रुपमा साना सवारी चल्न थालेका छन् । सडक विभागले भित्तातर्फको भाग काटेर विहान ११ बजेदेखि साना सवारी पास हुने व्यवस्था गरेको हो ।

तर, यो सडक खण्डमा ठूला सवारी पास हुन करिब ४ दिन लाग्ने भएको छ । विभागका महानिर्देशक अजुर्नजंग थापाका अनुसार सडक भासिएको ठाउँमा ठाडो भीर छ । जहाँ कडा चट्टान भएकाले भित्ततर्फको भाग काटेर सडक बनाउनुपर्ने अवस्था छ ।

‘हामीसाग यस्तो अवस्थामा छिटो काम गर्ने प्रविधि छैन, अब ठूला बस ट्रक पास हुन करिब ३ देखि ४ सदिन लाग्छ,’ उनी भन्छन्, ‘भित्तातर्फको भाग काटेर बाटो दुईतर्फी चलाउँछौं ।’

उनका अनुसार केही सो सडकब भएर ठूला यात्रुबाहक र मालबहाक सवारी आवातजावत गर्न पाउने छैनन् ।


सम्बन्धित समाचार