स्थानीय समाचार

मकवानपुर चेम्बर्स अफ कमर्सको कार्यसमिति पुर्नगठन

हेटौंडा।  मकाकनपुर चेम्बर अफ कमर्सले आज एक समारोह बिच आफ्नो कार्यसमितिलाई पुर्णता दिएको छ । २०७५ सालमा मकवानपुर जिल्ला भित्र छरिएर रहेका उधोग ,ब्यापार क्षेत्रमा आबद्घ उधोगी ब्यवसायीहरुहरुको ब्यवसायीक हक हित संरक्षण र संबर्धन र हक अधिकार सुनिश्चित गर्दै ब्यवसायीहरु लाई संगठित गर्ने उद्देश्यले नेपाल चेम्बर अफ कमर्स काठमाण्डौंमा रहेको केन्द्रिय छाता संस्थाको सदस्य रहने गरी जिल्ला प्रशासन कार्यालय मकवानपुरमा दर्ता भई बिबिध कार्यहरु संचालन गर्दै आईरहेको उक्त संस्थाले कार्यसमिति पुर्नगठन गर्दै २१ सदस्यिय कार्र्यसमितिलाई पुर्णता दिएको हो ।  निकट भविष्यमै शाखा कार्यालय उद्घाटन गरी कार्यालय ब्यवस्थापन गर्दै ब्यवसायीहरुहरुलाई समेट्दै अगाडी बढ्ने उद्देश्य रहेको पुर्न गठित समितिका माहासचिब रबिन्द्र घिमिरेले जानकारी दिए । 
नव गठित कार्यसमितिको अध्यक्षमा तदर्थ समितिका अध्यक्ष बिजय कुमार श्रेष्ठ, उपाध्यक्षमा कबिन संघामी , महासचिबमा रबिन्द्र घिमिरे, सचिब नरेन्द्र महर्जन , कोषाध्यक्षमा जिेतन्द्र कर्माचार्य , सह कोषाध्यक्षमा शेखर थपलिया , सदस्यहरुमा पारशमणी थिङ्ग,नेत्र प्रसाद खतिवडा,संजय गुप्ता,राजु नेपाल , राजाराम बोगटी , गंगा प्रसाद पौडेल , अनिल श्रेष्ठ , शर्मिला श्रेष्ठ ,राजेश अग्रवाल , सन्तोष खतिवडा ,सुरज डङ्गोल ,हरिशरण अर्याल,दिपक गौतम ,बुद्घ अर्याल र देबेन्द्र बर्तौला रहेका छन् । 
 


सम्बन्धित समाचार