खेल

पुलिसलाई हराउँदै घरेलु टोली विजय युथ फाइनल प्रवेश

 Share

 Tweet



हेटौंडा। हेटौंडामा जारी चौँथो संस्करणको स्थानीय तह सहिद स्मृती मकवानपुर गोल्डकप अन्र्तगत घरेलु टोली विजय युथ क्लब फाइनलमा प्रवेश गरेको छ । हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा आज भएको पहिलो सेमिफाइनलको खेलमा नेपाल पुलिसलाई १–० गोलले हराउँदै विजय युथ फाइनल प्रवेश गरेको हो ।

घरेलु टोली विजय युथलाई जित दिलाउन विदेशी खेलाडी पेपेले निर्णायक गोल गरे । उनले खेलको दोस्रो हाफको छैठौं मिनेटमा गोल गरे । खेलको म्यान अफ द म्याच पेपे घोषित भएका छन् । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे । फाइनल प्रवेशसँगै विजय युथले अब क्यामरुनको एभिनियर एफसी र नेपाल आर्मी बीचको विजेतासँग फाइनल भिड्नेछन् । एभिनियर र आर्मी बीचको दोस्रो सेमिफाइनल खेल भोलि सोमबार हुनेछ ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद १५ लाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले नगद १० लाख रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै विधागत उत्कृष्ट खेलाडीले नगद २५–२५ हजार रुपैयाँ प्राप्त गर्नेछन् भने सर्बोकृष्ट खेलाडीले रोयल इनफिल्ड बाइक प्राप्त गर्नेछन् ।


सम्बन्धित समाचार