खेल

पाकिस्तानसँगको विश्वकप क्रिकेट बहिष्कार गर्न बाफ्नाको आग्रह

india_pakistan_cricket_bc-1550543853.JPG

आउँदो जुनमा हुन लागेको विश्वकप क्रिकेटमा पाकिस्तानसँगको खेल भारतीय क्रिकेट प्रशंसक र मुम्बई क्रिकेटका केही अधिकारीले बहिष्कार गर्न भारतलाई आग्रह गरेका छन् । 
भारत–पाकिस्तानबीचको सम्बन्ध गएको बिहीबार कश्मीरको पुलवामामा ४४ जना सुरक्षाकर्मीको ज्यान जाने गरी भएको आतंकवादी आक्रमणपछि  निकै चिसिएको छ । 
अन्तर्राष्ट्रिय अदालतमा सुनुवाइ हुँदै गर्दा भारतीय सुरक्षाकर्मी कुलभुषण यादवका बारेमा भारतीय कुटनीतिज्ञले पाकिस्तानी कुटनीतिज्ञसँग पाकिस्तानको जेलमा रहेका  हात मिलाएका थिएनन् । त्यस्तै भारत आउने पाकिस्तानी सामानमा २००प्रतिशतसम्म भन्सार लगाउनेदेखि पाकिस्तानलाई अन्तर्राष्ट्रिय रुपमै एक्ल्याउनुपर्छ भनेर भारत लागिपरेको छ ।दुई देशबीचको तिक्तता क्रिकेटमा पनि देखिएको छ । 

भारत र पाकिस्तानले सन् २०१३ देखि यता द्विपक्षीय सिरिज खेलेका छैनन् । तर न्युट्रल भेन्यूमा भने सन् २०१७ को च्याम्पियन्स ट्रफी र सन् २०१८ को एसिया कपमा भने भारत र पाकिस्तानले एक अर्कासँग खेलेका छन् । इंग्ल्याण्ड र वेल्समा हुने आउँदो विश्वकपमा भारत र पाकिस्तानबीचको खेल जुन १६ मा हुने तालिका छ । दुई देशबीचको खेल म्यानचेस्टरमा हुनेछ ।

भारतीय क्रिकेट क्लब (सीसीआई)का सचिव सुरेश बाफ्ना भन्छन्, ‘हाम्रा सीआरपीएफ जवानमाथि भएको आक्रमणको हामी निन्दा गर्छौँ । मूलतः सीसीआई एउटा खेलकुदसम्बन्धी संस्था भए पनि खेलभन्दा पहिले देशनै आउँछ ।’ बाफ्नाले आफूहरुले पाकिस्तानसँगको विश्वकप क्रिकेट बहिष्कार गर्न आग्रह गरेको पनि बताएका छन् ।तर भारतीय क्रिकेट बोर्ड९बीसीसीआई० ले भने यसबारेमा केही प्रतिक्रिया दिएको छैन । 

पछिल्लो घटनाक्रमलाई मध्यनजर गर्दै भारतीय इभेन्ट म्यानेजमेन्ट कम्पनी आईएमजी रिलायन्सले पाकिस्तान सुपर लिगबाट हात झिकेको छ भने डी–स्पोर्ट टेलिभिजन च्यानललाई पीएसल खेल भारतमा प्रसारण गर्न प्रतिबन्ध लगाइएको छ । 


सम्बन्धित समाचार