राष्ट्रिय समाचार

देशमा इमान्दार राजनीति गर्नेको अभाव : पूर्वराष्ट्रपति यादव

पूर्वराष्ट्रपति रामवरण यादवले मुलुकमा इमान्दार नेताहरू नभएको दाबी गरेका छन्।

पूर्वराष्ट्रपति यादवले मनमोहन अधिकारी, कृष्णप्रसाद भट्टराई, बीपी कोइरालाजस्ता नेताहरू कोही भए आफूलाई देखाई दिन पनि चुनौती दिए।

शनिबार डिल्लीबजार बहुमुखी क्याम्पसको ३९ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले ठेकेदार र पैसा लिएर सांसद बनाउने काम भइरहेकाले मुलुकमा इमान्दार राजनीति गर्नेहरूको अभाव रहेको तर्क पनि गरे।

पूर्वराष्ट्रपति यादवले राजनीति ठीक नभएकाले मुलुकको शैक्षिक क्षेत्रको पनि उचित विकास हुन नसकेको पनि स्पष्ट पारे।

पूर्व राष्ट्रपति यादवले मुलुकको भूगोल सुहाउँदो शिक्षाको आवश्यकतामा पनि जोड दिए। उनले विज्ञहरूको सुझाव लिएर मुलुकको शिक्षा क्षेत्रको उचित विकासमा सरकारले आवश्यक कदम चाल्नुपर्ने बताए।


सम्बन्धित समाचार