खेल

थ्रीस्टार ५–३ गोलअन्तरले पराजित

मकवानपुर . भूगर्भ सहिद स्मृति गोल्डकप मकवानपुरमा आज भएको खेलमा फाईनल प्रवेशका लागि ललितपुरको थ्रीस्टार र क्यामारुनको दाफिन्स फुटबल क्लब बीच भएको खेलमा दाफिन्सले जित हात परेको छ।
निक्कै रोचक खेलमा खेलको ६२औ मिनेटमा दाफिन्सको तर्फा बाट पहिलो गोल खेलको दाफिन्सको तर्फ बाट यानिक ओआनाले गोल गरे भने ७०औ मिनेटमा थ्रीस्टारको तर्फबाट रञ्जित बिस्टले १ गोल गरेर खेललाई बराबरी बनाएका थिए ।
खेलको अन्तिम सम्म पुन कसैले गोल फर्काउन नसके पछि ट्राइबेकारमा दाफिन्सले जित हात पर्दै फाइनलमा आयोजकसँग भेट पक्का गरेको हो।
ट्राइबेकर पाए संगै दाफिन्सले थ्रीस्टारलाई ५–३ गोलअन्तरले पराजित गरेको थियो ।
निर्धारित समय १–१ गोलको बराबरीमा टुंगिएसँगै खेलको नतिजाका लागि टाइब्रेकरमा दाफिन्सका तर्फबाट एंगमा एंगोल, बिजिक बिजिक, प्रिसो एम्जाम्बे, हान्सा एसा र यानिक ओआनाले गोल गरेका थिए ।
थ्रीस्टारको तर्फबाट रञ्जित धिमाल, मान्सा र विजय धिमाले गोल गरे । भरपर्दा तथा अनुभवी खेलाडी अनिल गुरुङको प्रहार भने बाहिरिएर थ्रीस्टारले हार बेहोर्नु पर्यो।


सम्बन्धित समाचार