स्वास्थ्य

थप २२ जनामा कोरोना कोरोना संक्रमण

काठमाडौं । नेपालमा थप २२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २ हजार ७५३ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार, १ हजार ६५५ जनाको पीसीआर परीक्षणमा १२ जना र १ हजार ९८ जनाको एन्टीजेन परीक्षणमा १० जना गरी २२ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोनाबाट ९ जना संक्रमणमुक्त भएका छन् भन् संक्रमणका कारण कुनै पनि व्यक्तिको निधन भएको छैन ।

हाल देशभर ११२ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्‍ये ११२ जना होम आइसोलेसनमा रहेका छन् । बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार ५४७ पुगेको छ । तीमध्ये हालसम्म ११ हजार ९५२ जनाको मृत्यु भएको छ भने ९लाख ६७ हजार १७१ जना संक्रमणमुक्त भएका छन् ।

 


सम्बन्धित समाचार