खेल

जेष्ठ १० र ११ मा हेटौँडामा राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता हुने

। मकवानपुर क्योकुशिन कराँते संघको आयोजनामा हेटौँडाको हुप्र चौरमा आउँदो १० र ११ गते राष्ट्रिय स्तरको फूल कन्ट्याक्ट कराँते प्रतियोगिता हुने भएको छ ।

प्रतियोगिताको विषयमा आज हेटौँडामा भएको पत्रकार सम्मेलनमा देशभरका २० जिल्लाबाट १ सय ८९ जना खेलाडीको सहभागिता हुने जानकारी दिइएको थियो । प्रतियोगिता अन्र्तगत पुरुष तर्फ ६० केजी भन्दामाथि र ६० केजी भन्दातल र महिला तर्फ ५५ केजी माथिले प्रतिस्पर्धा गर्ने आयोजक कराँते संघका अध्यक्ष सुर्दशन खतिवडाले बताएका छन् ।

प्रतियोगितामा प्रथम हुनेले नगद रु। २५ हजार सहित शिल्ड, मेडल तथा प्रमाणपत्र, दोश्रो तथा तेश्रो हुनेले क्रमश रु। १५ हजार तथा रु। १० हजार सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । त्यसैगरी प्रतियोगितामा फाईटरले नगद ५ हजार सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने प्रशिक्षक बुद्धिनाथ न्यौपानेले बताएका छन् ।

करिब २० वर्ष पछि हुन लागेको राष्ट्रिय स्तरको प्रतियोगितामा १० लाख रुपैँया खर्च हुने संयोजक शिवनारायण श्रेष्ठले बताएका छन् । प्रतियोगितामा भाग लिन प्रवेश शुल्क निशुल्क तथा विभिन्न जिल्लाबाट आउने खेलाडी र प्रशिक्षकहरुलाई निशुल्क खाना बस्न व्यवस्था गरिएको छ भने, खेल अवधिभर खेलाडीहरुको दुर्घटना विमाको ब्यवस्था गरेको समेत आयोजक सदस्य मध्यका एक तथा प्रशिक्षक विष्णु श्रेष्ठले बताएका छन् ।


सम्बन्धित समाचार