स्थानीय समाचार

जनप्रियमा अत्याधुनिक ल्यावकाे उद्घाटन

हेटौंडा । हेटौंडा १६ मा मा रहेकाे जनप्रिय माध्यमिक विद्यालयमा गणित विषय शिक्षणका लागि अत्याधुनिक ल्यावको आज उद्घाटन भएको छ । गणित विषय विभागका शिक्षक तथा विद्यार्थी स्वयमको सक्रियतामा निर्माण गरिएको ल्यावको हेटौंडा १६ का वडाअध्यक्ष रामकृष्ण कोईरालाको प्रमूख आतिथ्यतामा आज उद्घाटन गरिएको हो ।

गणित विषय दैनिक जीवनसंग प्रत्यक्ष जोडिएको विषय हुँदाहुँदै पनि त्यसको मूर्त धारणा वसाउन ल्यावको अभावमा बालबालिकाले कठीनाई महशुस गर्ने गर्दछन् । ल्यावको निर्माण र प्रयोगपछि जस्तासुकै अमूर्त विषयलाई पनि गर्दै र सिक्दै पद्दतीबाट एवम् जानेकोबाट नजानेकोतर्फ तथा अभ्यासबाट सुत्रतर्फ लैजान सकिने गणित विषय विभाग संयोजक भूपेन्द्र चौलागाईले बताए । ल्यावको प्रयोगबाट बालबालिकामा वैज्ञानिक सोचतर्फ उन्मूख गराउन खास धारणा निर्माण गर्न सकिने पनि चौलागाईले बताए । ल्यावमा अंकगणित, विजगणित तथा ज्यामितीय धारणा बसाउन प्रयोग हुने सामग्री र बालबालिकाका अन्य रचनात्मक सामग्री समेत रहेका छन् । कार्यक्रममा बोल्दै छोटो समयमा निर्माण गरिएको हुनाले यस्को अझै विस्तार गरिने र विद्यालयले बालबालिकाको पठनपानमा आवश्यक कुनैपनि सामग्री अपुग हुन नदिने प्रधानाध्यापक नमराज अर्यालले बताए ।


सम्बन्धित समाचार