खेल

क्यान्सर पिडित   खेलाडी  श्रेष्ठको उपचारका निम्ति  हेटौँडामा च्यारेटी म्याच हुदै 

मकवानपुरको हेटौँडामा नेपाली क्रिकेट खेलमा फागुन २५ गते च्यारेटी म्याच हुने भएको छ ।
क्याप्टेन पारस खड्काको नेतृत्वमा राष्ट्रिय खेलाडि सहितको टोलीले फागुन २५ मा च्यारेटी म्याच खेल्ने भएको हो ।
मकवानपुर क्रिकेट क्लबका सस्थापक निरज श्रेष्ठ ब्लड क्यानसरका सिकार भएका कारण उपचारका निमित्त सहयोगको लागि च्यारेटी म्याचमा मकवानपुर विरुद्ध खड्का नतृत्वको टिमले हेटौँडामा प्रतिस्पर्धा गर्ने भएको हो ।
प्रतियोगिताबाट उठेको सम्पूर्ण रकम हाल भारत न्युदिल्लीको राजिव गान्धी अस्पतालमा उपचार गराईरहेका क्यान्सर पिडित श्रेष्ठको थप उपचारमा खर्च गरिने आयोजक समितिका संयोजक अनुप सेनुरियाले बताए ।
प्रतियोगिताबाट करिब ३० लाख रुपैँया सम्म आर्थिक संकलन गर्न सकिने लक्ष्य राखिएको र अनुमानित ५ लाख खर्चा हुने संयोजक सेनुरियाले बताए ।
प्रतियोगिताको मुख्य सहयोग समेत रहेको मदन भण्डारी स्र्पोट्स एकेडेमीका अध्यक्ष निरजसिंह ठकुरीले श्रेष्ठको उपचारको उदेश्य लिएर गरिएको कार्यक्रममा सबैको भरपुर सहयोगको अपेक्षा राख्दै च्यारेटी म्याच हेर्नको लागि टिकट दर  व्यक्तिको लागि रु २०० र संघ संस्थाहरु लागि रु २००० रहेको र सबैको साथ् सहयोगको खाचो रहेको  बताए।
कार्यक्रममा चर्चित गाएकहरु सुजिल कर्माचार्य,विजय कार्की,कमल क्षेत्री,विद्या तिवारी तथा फुटबलर रन्जन विष्ट र अन्जन विष्ट लगाएतको पनि सहभागिता रहने प्रचार प्रसार संयोजक सानु लामाले बताएक छन् ।
 हेटौंडा उपमहानगरपालीकाले भव्य स्वागत गर्दै सिरिज जितेको नेपाली टोलीलाई नगर परिक्रमा गराउने कार्यक्रम समेत रहेको आयोजकले जनाएको छ  ।
हेटौंडामा हुने च्यारेटी म्याचमा  पारस खड्का ,मेहत्रुब आलम ,आरिफ शेख ,आसिफ शेख ,अमित श्रेष्ठ ,सन्दिप जोरा ,अनिल शाह ,अनिल कुमार मण्डल ,सोमपाल कामी ,राम नरेश गिरी ,दिपेन्द्र सि ऐरी ,शशी केशरी र राजु खड्का आउने भएको आयोजकले जनाएको छ   ।


सम्बन्धित समाचार