देश

कालीञ्चोकमा केबुलकार सञ्चालनमा

काठमाडाै –दोलखाको धार्मिक तथा पर्यटकीय क्षेत्र कालीञ्चोकमा आजबाट व्यावसायिक रुपमा केवलकार सञ्चालनमा आएको छ। दशैंँअघि परीक्षण गरिएको केबुलकार आजदेखि व्यावसायिक रुपमै सञ्चालनमा आएको हो।

केबलकार सञ्चालनमा आएपछि कालीञ्चोक गाउँपालिकास्थित कुरी – कालीञ्चोक आवतजावत गर्ने पर्यटकलाई सहज भएको छ।

केबलकारको चारवटा कार छन्। एउटा कारमा एक पटकमा १० जनाले यात्रा गर्न सक्ने कालीञ्चोक दर्शन प्राली जनाएको छ। हाल एउटा कार सञ्चालनमा ल्याइएको कालीञ्चोक केबलकारका प्रमुख कार्यकारी अधिकृत अशोक शिवाकोटीले जानकारी दिए।

साँढे दुई वर्षअघि निर्माण सुरु गरेको कालीञ्चोक केबुलकार करीब ४५ करोड रुपैयाँ लागतमा सम्पन्न भएकोे हो। केबलकारमा यात्रा गर्न आउने यात्रुलाई प्रतिव्यक्ति पाँच सय रुपैयाँ शुल्क लिएर सेवा प्रदान गरिएको अधिकृत शिवाकोटीले बताए। यसमा स्थानीयलाई भने केही सहुलियत दिइने कम्पनीले जनाएको छ । 

स्वीस प्रविधिबाट निर्माण भएको केबुलकार मनकामना र चन्द्रागिरीको भन्दा फरक प्रविधिको रहेको बताइएको छ । केबुलकार सञ्चालनमा आएपछि दोलखाको पर्यटन विकासमा समेत टेवा पुग्ने विश्वास गरिएको छ।  


सम्बन्धित समाचार