मनाेरञ्जन

कालिराजले पाए हेटौँडा आईडलको उपाधि

 मकवानपुरको हेटौँडामा आयोजित ‘राष्ट्रिय औद्योगिक व्यापार मेलाका अवसरमा आयोजना गरिएको हेटौँडा आईडललाई जिपिएक्स रेसिङले प्रायोजन गरेको  हेटौँडा आईडल’ गायन प्रतियोगितामा  दिपक कालिराज आइडल बन्न सफल भएका छन्।
भिडन्तमा सुसन शाह ठकुरी, विजय लामा, सुशल तामाङ, दीपक कालिराज र भुवन घलानले आ–आफ्नो जोड लगाएका थिए। 
फाईनलमा पुगेका हरु ५ मध्ये सबैलाई पछि पार्दै  कालिराजले आइडल  उपाधि जितेकाहुन्।
आईडल उपाधि संगै  कालिराजले नगद ३५ हजार  चन्द्रागिरी केबलकार टिकेट प्राप्त गरेका छन् भने  वोन ट्राभल्सको तर्फबाट युएई जाने आउने  टिकट पाएका छन्। 
त्यस्तै लक्ष्मी टेक्नोप्लाष्टको तर्फबाट कफी टेवल एक सेट र भिसिरिज सरफको तर्फबाट  पुरस्कार पनि  प्राप्त गरेका छन् ।
दोस्रो हुने विजय लामाले नगद २५ हजार  चन्द्रागिरी केबलकार टिकेट प्राप्त गरेका छन् भने तृतिय भएका सुसन शाही ठकुरीले नगद१५हजार चन्द्रागिरी केबलकार टिकेट प्राप्त गरेका छन् र बिजेता  सबैले मेलामा भएका स्टलहरुबाट  विभिन्न पुरस्कारहरु समेत  प्राप्त गरेका छन्। 
प्रतियोगितामा गायक संगीतकार शिखर सन्तोष, किशोर डंगोल र विजय कार्की निर्णायकको भूमिकामा रहेका  थिए । 


सम्बन्धित समाचार