मनाेरञ्जन

कर्माचार्य हमाल र अर्यालले नचाए सिवाकोटीले बबाल मचाए

हेटौंडामा /मकवानपुर उद्द्योग बाणिज्य संघ  द्वारा जारी जारी राष्ट्रिय औद्योगिक व्यापार मेलामा आज  हेटौंडेली गायक सुजिल कर्माचार्य शिब हमाल  प्रतिमा अर्याल र  राजनराज सिवाकोटीले मंचको रौनाकनै परिवर्तन गरेका थिए। 
कर्माचार्यको मिठासपूर्ण आवाजले भरिएको बितेका पल, साढे सत्र वर्ष ,भुमो ,लगाएतका सांगेतिक प्रस्तुतिले छरिएका दर्शक वरवर तानिएका थिए। 
शिब हमालले  जब कहाँ गयौ जुरेली मन्चमा आएर भन्न थाले मंच भरिएको थियो।बेजोड प्रस्तुतिमा हमाल संगै हेटौडाकि गाइका  प्रतिमा अर्याल जब   दोहोरिमा  बिग्रियोकी मति हजुर भन्न थालिन सबै दर्शक नाच्न सुरु गरेका थिए भने  मकवानपुर उद्द्योग  बाणिज्य संघका सदस्य  कुल प्रसाद चौलागाई समेत नाच्न मन्चमा पुगेका थिए।    
अर्का गायक  राजनराज सिवाकोटी ले पनि आफ्नो  रमाइलो  प्रस्तुति चेप्टो चेप्टो पेरुङ्गो ,चिरबिर चिरबिर ,चचारी ,हातमा रुमाल हल्लाउदै ,लचक  ,सुर्के थैली ;पुर्ब पश्चिमा रेल ,ए चरि चट्ट परि , यता,गोजीमा दाम छैन लागाएतको सांगीतिक आवाजले  माहोल पुरै तताएका थिए।
हेटौडा ५ क्याम्पा डडामा आयोजना गरिएको जारि मेलामा क्रृतिम चिडियाघर, वाल उद्यान, हेलिकप्टर सयर घोडाचढी, ढुङ्गा सयर, हेटौंडा आइडल, र स्थानिय कलाकारको प्रस्तुती संगै मेला स्थल पुग्न र फर्कनको लागी निशुल्क सवारी विभिन्न  डाक्टरहरु बाट निशुल्क स्वास्थ्य परिक्षण पनि गराउन पाइने  छ भने फागुन २८ गते सम्म हुने भनिएको मेला १ दिन  थप   गरेर २९ गते सम्म चल्ने  आयोजकले बताएको छ।  


 

 


सम्बन्धित समाचार