मनाेरञ्जन

औद्योगिक व्यापार मेला भोलि सकिने समापन कार्यक्रम आज 

हेटौंडामा जारी मकवानपुर उद्योग वाणिज्य संघको मुख्य आयोजनामा भइरहेको राष्ट्रिय औद्योगिक व्यापार मेलाको समापन कार्यक्रम भएको छ।  
कार्यक्रम संगै २९ गते एक दिन कार्यक्रम रहने  आयोजकले जानकारी गराएको छ । 
फागुन  १८ देखि २८ गते सम्म मेला गर्ने भनिएपनि कार्यारम  २ दिन ढिला सुरु गरिएपनि यहा सम्म आइपुग्दा सबैको साथ सहयोग रह्यो र प्रायोजक सहप्रयोजक  व्यापार व्यवसायका सबै सहयोगीका कारण मेला सम्पन्न भएकोमा   मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कट्टुवालले  धन्यबाद दिएका छन्।
प्रमुख अतिथि प्रदेश ३ का प्रतिपक्ष दलका नेता माननीय ईन्द्र बहादुर बानियाँको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। 
कार्यक्रममा प्रदेश ३ का सांसद प्रेम बहादुर पुलामी  सन्त चेपाङ जिल्ला समन्वय समितिका उपप्रमुख भगवती पुडासैनी हेटौंडा हेटौंडा उप-महानगरपालिकाका उपप्रमुख मिना लामा नेपाल उद्योग वाणिज्य महासंघ केन्दीय सदस्य राजकुमार न्यौपाने  नेपाल उद्योग वाणिज्य महासंघ केन्दीय सदस्य अरुणराज सुमार्गी  नेपाली कांग्रेस मकवानपुरका कोषाध्यक्ष गोपीलाल विश्वकर्मा राप्रपा मकवानपुरका अध्यक्ष मधु अधिकारी हेटौंडा ७ का वडा अध्यक्ष राजन थापा हेटौंडा ५ का वडा अध्यक्ष राजेश बानियाँ हेटौंडा १४ का वडा अध्यक्ष दीपक खड्का मकवानपुर निमार्ण व्यवसायी संघका अध्यक्ष श्यामसुन्दर ढकाल सल्लाहकारहरु आनन्दराम पराजुलीएकालाल श्रेष्ठउत्तम शर्मा ढकालजीवनकाजी मकाजु लगाएतको उपस्थिति रहेको थियो।  


सम्बन्धित समाचार