विदेश

इन्डोनेसियामा वर्षाका कारण आएको बाढी र पहिरोमा परि ६३ जनाको मृत्यु

indonesia-1552812493.jpg

इन्डोनेसियामा शनिबार राति आएको बाढी पहिरोमा परी कम्तीमा ६३ जनाको ज्यान गएको छ । 
 अधिकारीहरुले घटनामा परी अरु कैयौँ बेपत्ता भएका र खोजी कार्य जारी रहेकाले मृत्यु हुनेहरुको संख्या अझ बढ्न सक्ने बताएका छन् । देशको पपुआ प्रान्तमा पर्ने जयपुरा जिल्लामा घटना भएको खोजी तथा उद्धार कार्यालयका प्रान्तीय प्रवक्ताले आइतबार जानकारी दिएका छन् । 
अत्यधिक वर्षाका कारण जिल्लाका धेरै ठाउँमा प्राकृतिक प्रकोपका घटनाहरु भएको जनाइएको छ । प्रकोपमा परी २१ जना गम्भीर घाइते भएका छन् भने अरु १८ जना सामान्य घाइते भएका प्रान्तीय प्रकोप व्यवस्थापन निकायको आपतकालिन इकाइका प्रमुख कोरी सिम्बोलोनले जानकारी दिए ।

बाढीले दर्जनौँ घर, पुल, सडकलगायतका भौतिक संरचनामा पनि क्षति पुर्‍याएको सिम्बोलोनले जानकारी दिए । घटनाबाट प्रभावितहरुलाई खोजी तथा उद्धार र राहत वितरण कार्य भइरहेको सरकारी अधिकारीहरुले जनाएका छन् । 


सम्बन्धित समाचार