मनाेरञ्जन

 सिवाकोटीले मेला तताउने आश्रमका बयोवृद्ध बालबालिकालाई निशुल्क प्रवेश 

Untitled-2-1552201600.jpg

हेटौंडामा जारी राष्ट्रिय औद्योगिक व्यापार मेलामा आज गायक  राजनराज सिवाकोटी, शिव हमाल, हेटौंडेली गायक सुजिल कर्माचार्यले प्रस्तुती  प्रस्तुत गर्ने भएका छन् । 
नेपाली चलचित्रका लोकप्रिय गायक सिवाकोटीले   सुक्रे थैली खै…,पूर्व पश्चिम रेल, पिरतीको रोग…,ए चरि चट्ट परि , यता पनि छैन उता पनि छैनलगाएतका  गीत  गाइसकेका छन्र। 
मेलामा संगै  लोृक गायक शिव हमाल टोलीले आफ्नो दोहोरीले  मेल तताउउने  साथमा हेटौंडेली गायक सुजिल कर्माचार्यले  दर्शक नचाउने कार्यक्रम रहेको  आयोजकले  बताएको छ।
आजनै मेलामा  मकवानपुरका  आश्रम तथा संघसंस्थामा रहनेहरुलाई  निशुल्क  मेला अवलोकन गराउने भएको छ ।  
संघसंस्थाको परिचय  खुल्ने गरि  परिचय पत्र समेत साथमा ल्याउनु पर्ने आयोजकले जनाएको हो।  
हेटौडा ५ क्याम्पा डडामा आयोजना गरिएको जारि मेलामा क्रृतिम चिडियाघर, वाल उद्यान, हेलिकप्टर सयर घोडाचढी, ढुङ्गा सयर, हेटौंडा आइडल, र स्थानिय कलाकारको प्रस्तुती संगै मेला स्थल पुग्न र फर्कनको लागी निशुल्क सवारी  विभिन्न  डाक्टरहरु बाट निशुल्क स्वास्थ्य परिक्षण पनि गराउन पाइने छ भने हेलिकप्टर यात्रा आज अन्तिम दिन रहेको आयोजकले बताएको छ ।


सम्बन्धित समाचार