६ महिनामै ढल्यो सरकार

काठमाडौं । बुल्गेरियामा किरिल पेटकोभ नेतृत्वको सरकार केवल ६ महिनामा ढलेको छ । प्रधानमन्त्री पेटकोभ नेतृत्वको सरकारको विरुद्धमा संसदमा अविश्वासको प्रस्ताव दर्ता गरिएको थियो । पेटकोभले संसदमा आफ्नो सरकारको पक्षमा बहुमत सावित गर्न सकेनन् । संसदमा रहेका २४० जना सांसदमध्ये १२३ जना सांसदले सरकारको विरुद्ध मत दिए भने पेटकोभको पक्षमा...

वासिङ्टनमा २१ बर्षमुनिका व्यक्तिलाई धुम्रपान गर्न निषेध गरिने

एजेन्सी । सुर्तीजन्य दुव्र्यशन घटाउन २१ बर्षमुनिका व्यक्तिलाई धुम्रपान गर्न निषेध गर्ने कानून ल्याउने विधेयकमा अमेरिकी राज्य वासिङ्टनले शुक्रबार हस्ताक्षर गरेको छ ।  यससँगै अमेरिकामा १८ बर्ष उमेर समूहभित्रका युवालाई लक्षित गरी लगाइएको रोक २१ बर्ष कायम गर्ने वासिङ्टन नवौँ राज्य भएको गभर्नरको कार्यालयले जनाएको छ । नयाँ कानून...

इन्डोनेसियामा वर्षाका कारण आएको बाढी र पहिरोमा परि ६३ जनाको मृत्यु

indonesia-1552812493.jpg

इन्डोनेसियामा शनिबार राति आएको बाढी पहिरोमा परी कम्तीमा ६३ जनाको ज्यान गएको छ ।   अधिकारीहरुले घटनामा परी अरु कैयौँ बेपत्ता भएका र खोजी कार्य जारी रहेकाले मृत्यु हुनेहरुको संख्या अझ बढ्न सक्ने बताएका छन् । देशको पपुआ प्रान्तमा पर्ने जयपुरा जिल्लामा घटना भएको खोजी तथा उद्धार कार्यालयका प्रान्तीय प्रवक्ताले आइतबार जानकारी दिएका छन्...

भाजपा प्रदेश सचिव परिहारको हत्या

Untitled-1541132806.png

काठमाडौं । भारतीय जनता पार्टी (बीजेपी) का जम्मु काश्मिर राज्यका सचिव र उनका भाइको गोली हानी हत्या भएको छ । बीजेपीका सचिव अनिल परिहार र उनका भाइको बिहीबार साँझ अज्ञात समूहले गोली हानी हत्या गरेको हो । अनिल र उनका भाइमाथि जम्मु काश्मिरको किश्तवाडस्थित घरतर्फ जाँदै गर्दा गोली प्रहार भएको त्यहाँको प्रहरीले जनाएको छ । जम्मु काश्मिरका...

टर्कीको दाबीः खशोग्जीको घाँटी थिचेर हत्या गरियो

Jamal-Khashoggi-15390870_-1541046684.jpg

काठमाडौं । साउदी पत्रकार जमाल खशोग्जीको घाँटी थिचेर हत्या गरिएको टर्कीले दाबी गरेको छ । यस घटनाबारे पहिलोपटक मुख खोल्दै टर्कीले भनेको छ, दूतावासमा छिर्नेवित्तिकै खशोग्जीको घाँटी थिचेर हत्या गरिएको थियो । २ अक्टुबरमा इस्तानबुलस्थित साउदी अरबको वाणिज्य दूतावासमा खशोग्जीको हत्या भएको थियो । टर्कीले जारी गरेको बयानमा लेखिएको छ,...

अमेरिकाको निर्वाचनमा तीन नेपाली उम्मेदवार

us-election-1540960189.png

वासिङ्टन डिसी । अमेरिकामा आगामी नोभेम्बर ६ मा हुन लागेको निर्वाचनमा तीन नेपाली मूलका अमेरिकीले उम्मेदवारी दिएका छन् । उम्मेदवार दिनेमा मेरिल्याण्डका हयारी भण्डारी, न्यू ह्याम्पसायरबाट मदलसा गुरुङ र भर्जिनियाबाट प्रदीप ढकाल रहनुभएको छ । उक्त दिन अमेरिकामा ३३ सिनेटको पद, ४३५ कङ्ग्रेस, ३६ गभर्नर, स्टेट सिनेट तथा स्टेट डेलिगेटस र...

नक्सल आक्रमणमा पत्रकार र दुई प्रहरी जवानको मृत्यु

IMG_20181030_152851-1540959887.jpg

दन्तेवाडा, भारत, कात्तिक १३ गते । भारतमा सक्रिय नक्सलवादीको आक्रमणमा एकजना पत्रकार सहित केन्द्रीय प्रहरी बल (सीआरपीएफ) का दुईजना जवानको मृत्यु भएको छ । मारिएका पत्रकार भारतीय टेलिभिजन संस्था दूरदर्शनका क्यामरापर्सन रहेका छन् । दूरदर्शनको टोली र गस्तीमा रहेको प्रहरीको टोलीमाथि अरानपुर जिल्लामा आक्रमण गरिएको प्रहरीले जनाएको छ ।...

आप्रवासी रोक्न अमेरिकी सेना मेक्सिकोको सिमानामा

american-army-1540872156.jpg

काठमाडौं । अमेरिकाले मेक्सिकोसँगको आफ्नो सीमामा ५ हजार २ सय सेना पठाउने भएको छ । मध्य अमेरिकी देशका आप्रवासीहरु मेक्सिको हुँदै उत्तरतर्फ अघि बढिरहँदा पेन्टागनले तिनलाई रोक्न ठूलो संख्यामा सेना पठाउने तयारी गरेको हो । त्यहाँ यसअघि नै २ हजार १ सय राष्ट्रिय सुरक्षाका सदस्य परिचालित थिए । ट्रम्पको आग्रहपछि गत अप्रिलमा ती सदस्यलाई...

श्रीलंका राजनीतिक संकट गहिरिंदो, पुराना प्रतिस्पर्धीबीच अभूतपूर्व एकता

44944737_1965348320211393-1540792935.png

काठमाडौं, ११ कात्तिक–आफ्नै पार्टीबाट बिद्रोह गरी महिन्दा राजपाक्षेलाई राष्ट्रपतिमा पराजित गरेका श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले फेरी पुराना शत्रुलाई प्रधानमन्त्री बनाएका छन् । दुई दिनअघि प्रधानमन्त्री रनिल विक्रमासिंघेलाई प्रधानमन्त्रीबाट उनले निश्कासन गरेका थिए ।  राष्ट्रपतिका प्रतिस्पर्धी पूर्वराष्ट्रपति...